Section 23
असल नियतले गरेको कामको बचाउ
बाली निरीक्षक वा बीउ बिजन नमूना सङ्कलक वा बीउ बिजन विश्लेषक वा यस ऐन अन्तर्गत काम गर्ने अधिकार प्राप्त कुनै कर्मचारीले यस ऐन बमोजिम आफ्नो कर्तव्यको पालन गर्दा असल नियतले गरेको काम कारवाहीमा निज व्यक्तिगत रूपमा जवाफदेही हुनेछैन ।
तर कसैलाई अनावश्यक दुःख, हैरानी वा झण्झट दिने नियतले काम गरेमा सम्बन्धित व्यक्ति त्यसको लागि जवाफदेही हुनेछ ।